शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी सञ्चयकोषको प्रशासकका लागि ५ जनाको कार्ययोजना प्रस्तुतीकरण हुँदै

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ३०
बिहीबार, ०८ मङ्सिर २०७९

सरकारले कर्मचारी सञ्चय कोषको प्रशासक छनोटको प्रक्रिया अघि बढाएको छ । कोषमा रिक्त रहेको प्रशासक पदमा सार्वजनिक सूचना प्रकाशित गरेर खुल्ला प्रतिस्पर्धाको आधारमा भर्ना गर्न लागिएको हो ।

सरकारले गरेको सार्वजनिक सूचना अनुसार प्राप्त भएका आवेदन मध्येबाट ५ जनालाई व्यावसायिक प्रस्तुतीकरणको लागि बोलाइएको अर्थमन्त्रालयले जानकारी दिएको छ । यसरी बोलाइएका ५ जनामध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र त्यसमध्ये १ जनालाई सरकारले प्रमुख प्रशासकमा नियुक्त गर्नेछ ।

अर्थमन्त्रालयले सर्टलिष्टमा परेका ५ जनाको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्ता लिइरहको छ । आज (मंसिर ८ गते) बिहानै प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि अर्थमन्त्रालय बोलाइएको छ । सर्टलिष्टमा परेका व्यक्तिहरूमा तेह्रथुमका कमलप्रसाद रेग्मी, गोरखाका जितेन्द्र धिताल, झापाका जीवनकुमार कटुवाल, स्याङ्जाका डा.नरेन्द्रराज पौडेल र मोरङका विजयकुमार श्रेष्ठ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप