५ वर्षपछि कन्सर्ट गर्दै एक्सिस
साङ्गीतिक व्याण्ड ‘एक्सिस’ ले ५ वर्षपछि काठमाडौंमा कन्सट गर्ने भएको छ । ‘एक्सिस लाइभ इन काठमाडौं’ नाम दिइएको कन्सर्ट पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मंसिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लब फरेनहाइटमा आयोजना हुन लागेको हो ।
५ वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो । यो कन्सर्ट पछि एक्सिसले नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएपनि नेपालमा भने गरेको छैन । कन्सर्टमा एक्सिसको प्रस्तुति अघि झिल्के एण्ड द कम्पनीले दर्शकलाई झुमाउने पीभीइ नेटवर्कले जनाएको छ ।
एक्सिसको स्थापना सन् २००३ मा भएको हो । विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ । बार, क्लब र रेष्टुरेन्टमा गीत नगाउने यो व्याण्डले पहिलोपटक क्लबफरेनहाइटमा क्लोज इभेन्टमा प्रस्तुती दिँदैछ ।
व्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट(२००४)’, ‘माफ गरिदेउ(२००९)’, र ‘गाउँ घर (२०१७)’ गरी तीन एल्बम श्रोता तथा दर्शकमाझ ल्याइसकेको छ । यता सन् २०१९ मा स्थापना भएको इन्डी रक ब्याण्ड झिल्के एण्ड द कम्पनीलाई दर्शकले निकै मन पराएका छन् ।
यो ब्याण्ड पछिल्लो पटक युवा दर्शकको रोजाइमा परेको छ । यो व्याण्डका ‘पंक्षीहरु’, ‘मलाई केही आउँदैन’, ‘निलो सुटकेस’ र ‘झिल्के फायर’ गीत छन् । यो व्याण्डले गत जुनमा ‘जवानीको जोश’ नामको एल्बम बजारमा ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण