बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कालीकोटमा महेन्द्र बहादुर शाहीले अग्रता फराकिलो बनाउँदै

बिहीबार, ०८ मङ्सिर २०७९, १४ : १८
बिहीबार, ०८ मङ्सिर २०७९

कालीकोटमा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्रबहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् ।
सुरुवाती चरणमा पछि परेका शाहीले पछिल्लो नतिजा अनुसार अग्रता कायम गरेका हुन् । 

खसेको ४६ हजार ६९९ मतमध्ये हालसम्म ३६ प्रतिशत मतगणना भएको छ । जसमा माओवादी नेता शाहीको पक्षमा १० हजार २५४ मत प्राप्त भएको छ । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र बहादुर शाही ‘नेशनल’ ले ८ हजार ६०५ मत पाएका छन् । दुई शाहीबीचको मतान्तर १ हजार ६४९ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप