शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेत १ मा पूर्णबहादुर खड्काले अग्रता बढाउँदै

बिहीबार, ०८ मङ्सिर २०७९, १४ : ५४
बिहीबार, ०८ मङ्सिर २०७९

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादु खड्काले लगातार अग्रता बढाएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका धुर्वकुमार शाहीलाई ६ हजार ८६० मतान्तरले पछि पारिरहेका छन् । 

सो क्षेत्रमा अहिलेसम्म ४९ हजार ४५ मत गणना भएको छ । त्यसमध्ये २६ हजार ६३६ मत उनको पक्षमा आएको छ भने एमाले नेता शाहीको पक्षमा १९ हजार ७७६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ४५५  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छत्रपति थापले ३८० मत पाएका छन् । १ हजार ६५८ मत बदर रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप