सबैभन्दा बढी आयकर दाखिला गर्ने बालाजु अटो वर्कस सम्मानित
विहीबार, ०८ मंसिर २०७९, १६ : १५

आन्तरिक राजस्व कार्यालय, बालाजुले आर्थिक वर्ष २०७७/२०७८ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने कार्यक्रम आयोजना गरेको छ । यस अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रालिलाई आन्तरिक राजस्व कार्यालय, बालाजुले सम्मान गरेको छ । आय वर्ष २०७७/२०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुले कदर स्वरुप सम्मान–पत्र प्रदान गरेको छ ।
बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । झन्झटमुक्त सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसको ठक्करबाट स्याङ्जामा एक बृद्धको मृत्यु
-
पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण
-
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी
-
दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?