बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ क्यापिटलका ग्राहकले द हिमालयन ग्रिलबाई रेष्टुरेन्टमा १५ प्रतिशत छुट पाउने

बिहीबार, ०८ मङ्सिर २०७९, १६ : १५
बिहीबार, ०८ मङ्सिर २०७९

 मुक्तिनाथ क्यापिटल लिमिटेड र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसी, काठमाण्डौं बीच क्यापिटलका ग्राहकवर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । 

सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशी र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीका तर्पmबाट अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरु तथा लगानी व्यवस्थापन सम्बन्धी सेवा लिई रहेका ग्राहकहरुले उक्त रेन्टुरेन्ट द हिमालयन ग्रिल बाई बाजेको समाखुसीबाट सेवासुविधाको शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका तथा उक्त क्यापिटलबाट लगानी ब्यबस्थापन सेवा उपभोग गर्दै आइरहेका ग्राहकले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा अनुमतिपत्र प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन तथा निक्षेप सदस्य सम्बन्धी सेवा विश्वसनीयताका साथ आफ्नो ग्राहकवर्गहरुलाई प्रदान गर्दै आईरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप