शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समलैङ्गिकताको आरोपमा ६ वर्ष जेल सजाय भोगेका अनवर इब्राहिम बने मलेसियाका नयाँ प्रधानमन्त्री

बिहीबार, ०८ मङ्सिर २०७९, १६ : ४०
बिहीबार, ०८ मङ्सिर २०७९

मलेसियामा चुनावपछि थुप्रै दिनसम्म चलेको गतिरोधपछि वरिष्ठ विपक्षी नेता अनवर इब्राहिमले देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।

अनवर इब्राहिमलाई राजा सुल्तान अब्दुल्लाहले नियुक्त गरेका हुन् । अनवर इब्राहिम र पूर्व प्रधानमन्त्री मुहिद्दीन यासिन दुवैले चुनावमा बहुमत ल्याउन सकेनन् ।

अनवरले कोसँग गठबन्धन गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन ।

दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मलेसियाका शासको कुरालाई ध्यानमा राख्दै महामहिमले अनवार इब्राहिमलाई मलेसियाका १० औँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्न सहमति दिएका छन् ।’

राजाले दिउँसो उनलाई शपथ गराए । अनवरको पाकाटन हरपान पार्टीले चुनावमा सबैभन्दा बढी सिट जितेको थियो । तर सरकार बनाउन पर्याप्त सिट जित्न सकेका थिएनन् ।

नेताहरूको व्यक्तिगत र वैचारिक मतभेदका कारण अनवर इब्राहिमले बहुमत ल्याउन सकेनन् र अन्ततः यो काम गर्ने जिम्मेवारी मलेसियाका संवैधानिक सम्राट राजा अब्दुल्लाहलाई दिइयो ।

नयाँ सरकारको स्वरुप कस्तो हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन । उनले कोसँग गठबन्धन गर्ने वा कुन दलले उनलाई साथ दिनेछन् भन्ने पनि जानकारी छैन ।

को हुन अनवार इब्राहिम ?

क्यारिज्म्याटिक व्यक्तित्वको रूपमा, अनवर इब्राहिमको राजनीतिक यात्रा विद्यार्थीको रूपमा सुरु भएको थियो ।

मलेसियाका सुधारवादी प्रधानमन्त्री महाथिर मोहम्मदको उत्तराधिकारी मानिने अनवर इब्राहिमलाई सन् १९९८ मा महाथिर मोहम्मद सत्ताबाट बाहिर हुँदा हटाइएको थियो ।

सन् १९९८ मा नै अनवर इब्राहिमलाई भ्रष्टाचार र समलैङ्गिकताको आरोपमा मुद्दा चलाइएको थियो र ६ वर्षको जेल सजाय सुनाइएको थियो ।

आफ्नो लोकप्रिय छविका कारण अनवर इब्राहिम आफ्नो राजनीतिक यात्रामा सुरुदेखि नै सफल नेताका रूपमा चिनिए ।

उनले देशमा छरिएर रहेका अल्पसंख्यक दलहरूलाई एउटै छानामुनि जम्मा गरेर उनीहरूको गठबन्धनको कमान्ड लिए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप