बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनका बलबहादुरमाथि कसरी सम्भव भयो एमालेका वीरमानको ऐतिहासिक जित ?

एमाले– माओवादीको गठबन्धन अहिलेको निर्वाचनमा पनि यथावत् रह्यो : केसी
बिहीबार, ०८ मङ्सिर २०७९, १७ : ०८
बिहीबार, ०८ मङ्सिर २०७९

नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीले सोलुखुम्बमा अप्रत्याशित पराजय बेहोरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार केसी एमालेका वीरमान राईसँग २ हजार ७ सय ७९ पराजित भएका हुन् ।

राईले १९ हजार ३२४ मत प्राप्त गर्दा केसीले १६ हजार ५४५ मत मात्र पाए । ०७४ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हेमकुमार राई ३ हजार ४५३ मतान्तर पराजित गरेका थिए । संसदीय निर्वाचनको इतिहासमा एमालेले पहिलो पटक सोलुखुम्बुमा जित हाल पारेको हो । 

२०४८ सालपछि केसी निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका थिए । कांग्रेस केन्द्रीय सदस्य केसी चारवटा निर्वाचन जितेका छन्। २०४८, २०५१, २०५६ र २०७० को निर्वाचनमा केसी विजयी भएका थिए।

 २०६४ मा माओवादीका गोपाल किँरातीसँग पराजित भएका उनी २०७४ मा पनि माओवादीकै हेमकुमार राईसँग पराजित भएका थिए। हेमकुमारले २० हजार ७४७ मत ल्याउँदा केसीले १७ हजार २९४ मत पाएका थिए । हेमकुमारसँग पराजित भएपछि  केसीले आइन्दा निर्वाचनमा भाग नलिने घोषणा गरिसकेका थिए । तर यस पटक माओवादीको समर्थनमा चुनाव जित्ने अंकगणीयत देखेपछि केसी फेरि चुनावी मैदानमा उत्रिन तम्सिए ।  स्थानीय निर्वाचनको मतका आधारमा कांग्रेसका केसीभन्दा एमालेका राई १५ हजार ५९ मतले पछाडि थिए ।

कांग्रेसको १९ हजार ६८, एमालेको १६ हजार ५९७, माओवादीको १२ हजार ४२५, एकीकृत समाजवादीको १६३ र जसपाको १४२ मत थियो । तर केसीले कांग्रेसकै २५ सय मत पनि जोगाउन सकेको देखिएन । एमालेका वीरमानले सत्ता गठबन्धनको १७ हजार ८३८ मत खोसी दिए । केसीको पराजयका पछाडिको रामकाहानी भने लामो छ । यस पटक नेपाली कांग्रेस सोलुखुम्बुले नै केसीलाई प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारीका लागि सिफारिस गरेको थिए । 

तीन पटक सोलुको जिल्ला सभापति भई पार्टी नेतृत्व गरिसकेका केन्द्रीय सदस्य आङ्गेलु  शेर्पाको एकल नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको थियो । जिल्लाले समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस गरेपछि उनी आक्रोशित भएका थिए । केसीले समानुपातिक उम्मेदवारी अस्वीकार गरी प्रत्यक्ष चुनाव लड्ने अडान लिए । यता ७४० मा आफूले जितेको सिट नछाड्ने माओवादीको अडान थियो । सत्ता गठबन्धनको सिट बाँडफाँटमा सोलुखुम्बु माओवादीको भागमा परेको थियो । 

कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापाले केसीलाई टिकट दिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवामाथि दबाब बढाए । कोइराला र  थापाको स्ट्रङ अडानपछि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोलुखुम्बु केसीका छाडिदिन आग्रह गरे । 

देउवाको बाध्यतामाथि प्रचण्डले सर्त राखे । मोरङ –६ को (१) आफ्ना ज्वाइँ  गठबन्धनको साझा उम्मेदवार जीवन आचार्य बनाउनुपर्ने प्रचण्डले सर्त राखे । केसीलाई लागि कांग्रेसले मोरङ ६ को  (२) आचार्यलाई छाड्न तयार भयो । त्यसपछि केसी टिकट लिएर सोलुखुम्बुको चुनावी मैदानमा गए । तर कांग्रेस र माओवादीको असन्तुष्टिलाई केसीले नजर अन्दाज गरे । 

केसीलाई प्रत्यक्षमा टिकट दिएपछि सोलु कांग्रेसमा बढेको असन्तुष्टि माओवादीबाट पूर्ति गर्ने मनस्थितिमा उनको रणनीति थियो । तर माओवादीभित्र पनि असन्तुष्टि रहेकाले त्यसको फाइदा एमालेले उठाएको देखिन्छ । चुनाव हारेपछि केसी पक्षले पार्टीका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको असहयोग भएको आरोप लगाएको छ । 

शेर्पाले एमाले उम्मेदवार राईका लागि ‘३ हजार मत किनेर पठाएको छु’ भनेको कुरा प्राप्त भएको केसी पक्षले रातोपाटीलाई बतायो । नेता केसीले पनि पार्टीका जिम्मेवार नेताहरूबाटै सहयोग नभएको बताए । 

उनले भने, ‘कांग्रेसका जिम्मेवार नेताहरू नै मलाई हराउन लाग्नु भयो । मलाई अन्तर्घात भयो ।’ यस्तै पार्टी नेतृत्वले टिकट दिए पनि आशीर्वाद नदिँदा चुनावमा पराजय हुन परेको उनको गुनासो छ । ‘पार्टी नेतृत्वले टिकट चाहिँ दिनु भयो । आशीर्वाद दिनु भएन,’ केसीले रातोपाटीसँग भने । यस्तै माओवादीको पनि साथ नभएको उनको गुनासो छ । 

‘२०७४ को एमाले– माओवादीको गठबन्धन अहिलेको निर्वाचनमा पनि यथावत् रह्यो । माओवादीले गठबन्धन कांग्रेससँग गर्‍यो  । तर मत एमालेका उम्मेदवारलाई दिएको देखियो,’ उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप