शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक लाखसम्मको ‘स्टेक फ्री’ शुरुवाती लगानीका लागि आवेदन खुल्यो

बिहीबार, ०८ मङ्सिर २०७९, १८ : ००
बिहीबार, ०८ मङ्सिर २०७९

विद्यार्थीहरूको नेतृत्वमा सञ्चालित नेपालकै पहिलो स्टार्टअप इकोसिस्टम प्रवर्धक पार्थ स्टुडेन्ट भेन्चर (पीएसभी) ले पीएसभी ड्रिम फन्डको लागि आवेदन खुला गरेको छ । सुरुवाती अवस्थामा रहेका उद्यमीहरुका लागि प्रारम्भिक चरणमा १ लाख रूपैयाँसम्मको स्टेक फ्री लगानीका साथै परामर्श, सल्लाह तथा अन्य स्रोत साधन र थप लगानीका लागि लगानीकर्ताहरूमा पहुँच बढाउनका लागि यो सुनौलो अवसर हो ।

३० वर्षभन्दा कम उमेरका संस्थापक भएका कुनै पनि नयाँ स्टार्टअप वा व्यावसायिक योजनाले यस ड्रिम फन्डको लागि आवेदन दिन सक्नेछन् । आवेदकसँग यस कार्यक्रम अन्तर्गत प्राप्त हुने लगानीको उपयोगका सम्बन्धमा विस्तृत योजना हुनुपर्नेछ तथा अन्य योग्यता सम्बन्धी थप जानकारी पीएसभीको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ । आवेदन गर्ने अन्तिम मिति २०७९ साल मंसिर २९ गते रहेको छ ।

काठमाडौं मोडेल कलेजको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीबीचको प्रयोगात्मक र नवीनतम् पहललाई प्रोत्साहन गर्न र यस्ता परिवर्तकहरुको नयाँ समुदाय बनाउनका लागि गरेको अनुदान सहयोगबाट यो पीएसभी ड्रिम फन्ड स्थापना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप