खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमाले ढकाल विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, १८ : ४८
संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई हराउँदै नेकपा एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता गहतराज ढकालसँग फराकिलो मत अन्तरले पराजित भएका हुन् ।
ढकालले २५ हजार २६ मत ल्याएर बिजयी भएका छन् भने मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याएर पराजित भएका हुन् । २०७४ सालको चुनावमा यसै क्षेत्रबाट गहतराज निर्वाचित भएका थिए । यो चुनावमा भने एमालेका ढकालसंग बहालवाल मन्त्री भएकै अवस्थामा पराजित भएका छन् । यस्तै बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका धवल शमशेर राणा, बाँके ३ बाट नेपाली कांग्रेसका किशोरसिंह राठोर निर्वाचित भई सकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी