बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माओवादी नेता न्यौपाने भन्छन्– प्रतिकूलतामा जित्न जमिनमा दह्रो खुट्टा टेक्नुपर्छ

बिहीबार, ०८ मङ्सिर २०७९, १९ : ००
बिहीबार, ०८ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले प्रतिकूलतामा चुनाव लड्न र जित्न जमिनमा दह्रोसँग खुट्टा टेक्नु पर्ने टिप्पणी गरेका छन् । चुनावी नतिजा आउने क्रममा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै न्यौपानेले पार्टीलाई नौ बुँदे सुझाव दिएका छन् । 

पार्टीका नेताहरूले पिँधका मान्छेहरूको मुद्धा बोक्नुपर्छ,संगठन विधि पद्धति चलाउनुपर्छ, राज्यको प्रतिनिधि हुँदा सरल,सस्तो र छिटो डेलिभरी दिनुपर्छ, नेताहरूले चाकरीवाज कार्यकर्ता खोज्नुहुन्न’ सामाजिक सञ्जालमा लेख्दै न्यौपानेले भनेका छन् ‘कार्यकर्ताहरूले नेताहरूको बाह्रमासे गीत गाउनु हुन्न,परिवार सम्पति प्रतिको अचाक्ली मोह त्याग्नुपर्छ, चुनावी अंकगणितका लागि विजातीय वर्गसँग मिल्नुहुँदैन ।’ यस्तै न्यौपानेले पैसाका लागि तस्कर र  ठेकेदार दलालहरूसँग उठबस गर्न नहुने बताए । 
यस्तो छ सामाजिक सञ्जालमा लेखेको स्टाटस-

सबै प्रतिकूलतासँग लड्न र जित्नका लागि

#जमिनमा दह्रोसँग खुट्टा टेक्नुपर्छ

#पिंधका मान्छेहरुकाे मुद्दा बाेक्नुपर्छ

#संगठनलाई विधि/पद्धतिमा चलाउनुपर्छ

#राज्यकाे प्रतिनिधि हुँदा सरल, सस्ताे र छिटाे डेलिभरी दिनुपर्छ

#नेताहरूले चाकरीवाज कार्यकर्ता खाेज्नु हुन्न

#कार्यकर्ताहरूले नेताहरुकाे वाह्रमासे गित गाउन हुन्न ।

#परिवार/सम्पत्तिप्रतिकाे अच्चकाली माेह त्याग्नुपर्छ #अंकगणितका लागि विजातीय वर्गसँग मिल्नु हुँदैन

#पैसाका लागि तस्कर, ठेकेदार दलालहरूसँग उठबस गर्नुहुन्न #जीवन सरल र एक स्तरकाे पारदर्शी हुनुपर्छ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप