काठमाडौँका निर्वाचित सांसदहरुलाई बालेनले दिए बधाई, भने– सहकार्यका लागि आतुर छु
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँका निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएका छन् । शाहले निर्वाचित सांसदहरूसँग सहकार्य गरेर महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन आफू आतुर रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरूको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाडौँ महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौँ महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरू यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन ,फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरूको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ ।
काठमाडौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन तपाईंहरु सबैको साथ आवश्यक हुनेछ । तपाईंहरुसँग सहकार्य गरी काठमाडौँ बनाउन हामी आतुर छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध