शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

‘एनिमल’ को सुटिङबाट बाहिरियो रणवीरको लुक्स

विहीबार, ०८ मंसिर २०७९, १९ : २६
विहीबार, ०८ मंसिर २०७९

बलिउड अभिनेता रणवीर कपुर यतिबेला आफ्नो आगामी फिल्म ‘एनिमल’ को सुटिङमा व्यस्त छन् । छोरीको जन्मपछि केही अगाडि मात्र काममा फर्किएका उनको एनिमल लुक्स बाहिरिएको छ ।

जुन लुक्स भाइरल भइरहेको छ । तस्बिरमा रणवीर निकै रफ लुकमा देखिएका छन् । उनलाई लामो कपालसहित सेतो कुर्तामा देख्न सकिन्छ । तस्बिरहरू हेरेर अभिनेताको यो लुक एक्सन दृश्यको सुटिङपछिको हुनसक्ने अनुमान गर्न सकिन्छ ।  किनभने अभिनेताको अनुहार र कपडामा रगतको दाग देखिन्छ ।

फिल्मका मेकर सन्दीप रेड्डी वांगाले पहिलो पटक रणवीर कपूर र कबीर सिंहसँग यसै फिल्ममा काम गर्न लागेका हुन् । रिपोर्टका अनुसार फिल्ममा रणबीर डार्क क्यारेक्टरमा देखिनेछन् । फिल्म अर्का वर्ष अर्थात् २०२३ मा रिलिज हुनेछ ।-अमर उज्याला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप