शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादीका चार बागी उम्मेदवार प्रदेशसभा सांसद

बिहीबार, ०८ मङ्सिर २०७९, १९ : ४९
बिहीबार, ०८ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका ४ जना प्रदेशसभा सांसदले चुनाव जितेका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएर ४ जनाले चुनाव जितेको हुन् । लुम्बिनी प्रदेशको रुकुम पूर्वको प्रदेशसभा ‘क’ बाट तेजबहादुर ओलीलाई पार्टीले उम्मेदवार बनाएको थियो ।

सत्ता गठबन्धनको समेत समर्थनमा उम्मेदवार भएका ओली पार्टीकै बागी उम्मेदवार सरुल पुनमगरसँग पराजित भएका छन् । पार्टी निर्णयमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका सरुल भारी मतका साथ निर्वाचित भएका हुन् । 

यस्तै पश्चिम नवलपरासी क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट माओवादी केन्द्रका बागी उम्मेदवार खड्ग बस्नेत निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट माओवादीका चिनक कुर्मीलाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै माओवादीका बस्नेतले बागी उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका कुर्मीलाई हराउँदै स्वतन्त्र उम्मेदवारी दिएका बस्नेत निर्वाचित भएका हुन् ।

रोल्पा प्रदेश सभा ‘ख’बाट दीपेन्द्र पुनले चुनाव जितेका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिएका थिए । पार्टीको निर्णयको असन्तुष्टि जनाउँदै दीपेन्द्रले राजीनामा दिए स्वतन्त्र उम्मेदवारी दिएका थिए । अन्तमा: अमरसिंहलाई हराउँदै दीपेन्द्र निर्वाचित भए । 

मधेस प्रदेशको सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क’बाट पार्टीकै बागी उम्मेदवार जबाहरलाल कुशवाह निर्वाचित भएका छन् । एमालेका उम्मेदवार गणेश प्रसाईलाई पराजित गर्दै कुशवाह निर्वाचित भएका हुन् । सत्ता गठबन्धनबाट यस प्रदेशसभामा एकीकृत समाजवादीका डिल्ली उप्रेतीलाई उम्मेदवार बनाएको थियो ।

उनको विरुद्ध माओवादीबाट बागी उम्मेदवारी दिएका कुशवाह फराकिलो मत अन्तरले पराजित भएका छन् । अरु प्रदेशसभाको चुनावको नतिजा आउन बाँकी भएकाले अझ बढ्न सक्ने आकलन गरिएको छ । यसरी चुनाव जितेका पार्टीमा फर्किन्छ फर्किंदैनन् अहिल्यै भन्न सक्ने अवस्था छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप