११ दिनदेखि हराइरहेका कैलारीका युवा अझै फेला परेनन्

गत ११ दिनदेखि हराइरहेका कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीका ३२ वर्षीय वालकृष्ण चौधरी अझै फेला पर्न सकेका छैनन् । गोदावरी नगरपालिका ७ हरैया गाउँमा श्रीमतीतर्फबाट दिदी नातेदार कहाँ गत कार्तिक २७ गते गएका उनी हालसम्म सम्पर्कमा नआएका हुन् ।
हराइरहेका चौधरीका दाजु सत्यनारायण चौधरीका अनुसार उनी कात्तिक २७ गते दिदीका घरमा पुगेका थिए । राति बास बसेका उनी २८ गते विहानै साथीहरू भेट्न जान्छु भनी निस्केका थिए । त्यसपछि दिदीघर समेत नफर्केका उनलाई तीन दिनपछि पनि परिवारको सम्पर्कमा नआएपछि खोजी कार्य गरिएको हो ।
वेपत्ता चौधरी सुदूरपश्चिम बहुद्देश्यीय सहकारी संस्थामा बजार प्रतिनिधिको रुपमा कार्यरत थिए । सहकारीका कर्मचारीले तीन दिनसम्म कार्यालयको सम्पर्कमा नआएको भन्दै उनको घरमै पुगेपछि परिवारजनले खोजी कार्य अघि बढाएका हुन् ।
हरैयाबाट उनका परिवारजनले उनी चढ्दै आएको मोटरसाइकल, मोटरसाइकलको ब्लुबुक, लाइन्सेन्स, सहकारीको बचत पासबुक फेला पारेका थिए । परिवारजनले मंसिर १ गते खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन् । तर प्रहरीले हालसम्म खोजी कार्यमा कुनै चासो नदेखाएको उनका बुवा रामप्रसाद चौधरीले दुखेसो पोखे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निर्वाचनको कारण ध्यान पुग्न नसकेको स्वीकार गर्दै खोजी कार्यलाई तीव्रता दिने बताए । बेपत्ता रहेका चौधरीका एक छोरा र श्रीमतीसहित १५ जनाको परिवार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतान्याहुले सुरक्षाबारे निर्णय लिँदै
-
बसको ठक्करबाट स्याङ्जामा एक बृद्धको मृत्यु
-
पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण
-
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी
-
दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने