नवलपुर १ (१) मा नेपाली कांग्रेसका जिसी विजयी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

नवलपुर १ (१) बाट नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी गण्डकी प्रदेशसभामा निर्वाचित भएका छन् । उनी १५ हजार १ सय ३७ मत ल्याएर गण्डकी प्रदेश सभामा निर्वाचित भएका हुन्  । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रविन्द्र अधिकारीलाई पराजित गरेका हुन् । अधिकारीले १३ हजार ९ सय ८७ मत ल्याए । 


निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रोशनबहादुर गाहा थापा निर्वाचित भएका छन् । २ (१) मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पदमा जिसी निर्वाचन भएका छन् । २ (२) बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लक्ष्मणबहादुर पाण्डे विजयी भइसकेका छन् । प्रतिनिधि सभा तर्फ  नवलपुर १ बाट नेपाली कांग्रेसका शशांक कोइराला निर्वाचित भएका छन् । नवलपुर २ मा नेपाली कांग्रेसका विष्णु कार्की निर्वाचित भएका छन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।