शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तु १ मा माओवादीका खनाललाई पराजित गर्दै एमालेका अधिकारी विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, २० : ५४
बिहीबार, ०८ मङ्सिर २०७९

कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका बलराम अधिकारी निर्वाचित भएका छन् ।  सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका चक्रपाणि खनाललाई पराजित गर्दै फराकिलो मतान्तरका साथ एमालेका अधिकारी निर्वाचित भएका हुन् । 

एमालेका अधिकारीले ३४ हजार ६७५ मत ल्याएर विजयी भए भने माओवादीका खनालले १८ हजार ९८३ मत ल्याएर पराजित भएका छन् । २०७४ सालको चुनावमा खनाल निर्वाचित भएका थिए भने अधिकारी २०७० सालको संविधान सभा चुनावमा चुनिएका थिए । जनमत पार्टीका नागेन्द्रप्रसाद चौधरीले ८ हजार ३९३ मत ल्याएर तेस्रो भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप