दाङ १ (क) बाट माओवादीका इन्द्रजीत थारु विजयी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

दाङ क्षेत्र नम्बर १ क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका हुन् । 


लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री थारु दोस्रो पटक प्रदेश सभा सांसदमा निर्वाचित भएका छन् । थारुले १३ हजार ५०५ मत ल्याएर विजयी भएका छन् भने भट्टराई  ११ हजार ७३० मत ल्याएर पराजित भएका छन् । २०७४ सालको चुनाव यसै प्रदेश सभाबाट थारु निर्वाचित भएका थिए । पहिलो संविधान सभा २०६४ सालमा क्षेत्र नम्बर १ बाट भारी मतका साथ विजयी भएका थिए । 



तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्कालाई पराजित गर्दै थारु निर्वाचित भएका थिए । २०७० सालको चुनावमा मोहन वैद्य नेतृत्वको माओवादीमा सहभागी भई चुनाव बहिष्कारमा सहभागी भएका थिए । प्रचण्ड नेतृत्वको माओवादीमा सहभागी भएपछि २ पटक प्रदेश सभा संसदमा निर्वाचित हुन सफल भएका छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।