बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका तामाङसँग पूर्वमन्त्री विना मगर पराजित

बिहीबार, ०८ मङ्सिर २०७९, २१ : ०२
बिहीबार, ०८ मङ्सिर २०७९

कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ बाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार विना मगर पराजित भएकी छन् । पूर्वमन्त्री समेत रहेकी मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएकी हुन् । 

तामाङले २२ हजार ५३५ मत प्राप्त गर्दा मगरले १७ हजार ५७ मतमा सीमित भइन् । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो । यद्यपि, अन्तिम नतिजा घोषणा हुन भने बाँकी छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका तामाङ नेकपा एमाले विभाजनपछि नेकपा एकीकृतमा थिए । पछि उनी पुनः नेकपा एमालेमा फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप