पत्रपत्रिका
किसानको धान खरीदमा उदासीन सरकार
शुक्रबार, ०९ मंसिर २०७९, ०५ : ४१

किसानले वर्षभर मेहनत र पसिना बगाएर उब्जनी गरेको धान खरीदमा सरकार उदासीन देखिएको छ । किसानले आफूसँग भएको धानको आधा अंश व्यापारीलाई बेचिसकेपछि समर्थन मूल्य तोकेको सरकारले मूल्य तोकेको ३ सातासम्म पनि धान खरीद गर्ने सुरसार गरेको छैन । सरकारी उदासीनताका कारण देशभरका किसान सस्तै मूल्यमा धान बेच्न बाध्य भएका छन् ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धेरै उत्पादन हुने १० जिल्लाबाट सरकारले तोकेको समर्थन मूल्यमा धान खरीद गर्ने जिम्मा पाएको छ । संस्थाले सधैंजसो धान खरीद गर्ने कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, रूपन्देही, जनकपुर, झापालगायत जिल्लाका अधिकांश किसानले समर्थन मूल्य तोकिनुअघि नै आफूसँग भएको धानको ५० प्रतिशत प्रतिक्वीन्टल १ हजार रुपैयाँसम्म सस्तो मूल्यमा बेचिसकेका थिए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
-
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि
-
मुग्लिन–नारायणगढ सडकको विकल्प तयार, फागुनदेखि सञ्चालनमा
-
माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी
-
सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा
-
यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना