फेरि वाम एकताको चर्चा
प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताले सोचेजस्तो परिणाम नआउने देखेपछि सरकार गठनका लागि वाम एकता वा गठबन्धनको चर्चा गर्न थालेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम एकताभन्दा पनि सहकार्यमा जोड दिएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बिहीबार टेलिफोनबाट बधाई दिने क्रममा एमाले अध्यक्ष ओलीले सरकार गठनमा सहकार्यको सम्भावनाबारे जिज्ञासा राखेका हुन् । 'दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको छ, सम्भावित सहकार्यबारे कुराकानी भएको छ', माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीका भूकम्प पीडितका लागि इस्लामी संघले राहत सामाग्री पठायो
-
एमालेका नेता र उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय सदस्यको सूचीबाट हटायो
-
रास्वपा, जसपा र उन्मुक्तिलाई सरकारमा ल्याउने प्रयास जारी छ : एमाले
-
एमाले सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भन्यो– सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
महरा नेतृत्वको वार्ता टोलीले कर्णजीत बुढा नेतृत्वको पार्टीसँग गर्यो वार्ता
-
एमाले नेताहरुको जिम्मेवारी हेरफेर : २ महिने ‘मिसन ग्रासरुट’ अभियान चलाउने