दियाद अड्डा : जहाँको माछामा छ जनकपुरको स्वाद

मङ्गलबार साँझ भक्तपुरको लोकन्थली–१ मा ‘दियाद अड्डा’ नामक खाजा घरको उद्घाटन गरिएको छ । माछा भन्ना साथ झट्ट जनकपुरको याद आउँछ । तर जनकपुरको माछा भनेर काठमाडौँको अधिकांश ठाउँमा ठगिने गरेका छन् माछाका पारखीहरू । तर अब ‘दियाद अड्डा’ले जनकपुरको माछाको वास्तविक स्वाद काठमाडौँमा ग्राहकहरूलाई चखाउने भएको छ ।
अड्डामा उद्घाटनका दिन माछा खाँदै मन्दिप मिश्राले उत्साहित हुँदै भने,–‘यतिका वर्षदेखि काठमाडौँमा बसिरहेको छु, तर आज जुन स्वाद दियाद अड्डामा पाएँ त्यो स्वाद आजसम्म काठमाडौँमा कतै पाएको थिइनँ ।’ त्यस्तै एक हातमा राखेको दूध चियाको चुस्की लिँदै चियाका पारखी महोत्तरी हरिनमरी घर भई गृह मन्त्रालयका अधिकृत समेत रहेका रञ्जित कुमार यादवले भने,–‘यहाँ माछा मात्रै होइन, चिया पनि जनकपुर रामानन्द चोकको जामुन काकाको चिया जस्तै स्वादिलो छ । यतिमात्रै होइन काउँलीको बचका (तरुवा) अनि समोसा खाँदा गाउँको याद दिलायो ।’
मधेसको ठेठ भाषामा दाजुभाइ र सबैलाई बुझ्ने अर्थमा दि यम्मी एण्ड डिलिसियस अड्डा । अर्थात प्रेम र सद्भावसहित जनकपुरको स्थानीय स्वाद । उद्घाटनकै दिन अड्डामा नास्ता खान पुगेका अशोक यादवको पनि मिश्रा जस्तै प्रतिक्रिया रहेको पाइयो । अड्डामा तारेको माछाको पिससँग मुरही(भुजा) मा तेल नुन र मसाला राखेर बनाइएको भुजासँग खाँदा जिब्रोको स्वादले जनकपुर छु जस्तै अनुभूति गराउँछ । जसरी माछा थरीथरीका हुन्छन्, माछाका परिकार पनि यहाँ अनेक थरीकै पाइन्छ ।
दियाद् अड्डाका सञ्चालक सुशान्त साह बताउँछन्,–’अब जनकपुरीयन फेमस नास्ताको स्वाद चाख्न जनकपुर नै पुग्नुपर्दैन ।’ यी नास्ताहरू जनकपुर र मधेसको पपुलर नास्ता मानिन्छ । दिष्ट मात्रै होइन जनकपुरधाम अर्थात मिथिलाको वर्णन गर्दै लोकप्रिय कवि सोमदेवले लेखेका छन्, ‘पगपग पोखर, माछ, मखान, सरस मधुर मुस्की मुखपान ।’ (पाइलैपिच्छे पोखरी, माछा, मखान भेटिने मिथिलामा मुस्कुराउँदै पानले स्वागत गरिन्छ ।) त्यसैले पनि त्यहाँको माछा प्रसिद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली : लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा ६ जनाको मृत्यु
-
सन्ताउन्न वर्षीया महिलासहित नौ महिला एसइईमा सहभागी
-
कांग्रेसभित्रै मन्त्रीमा भागबण्डाको रडाको, देउवासँग शेखर समूह असन्तुष्ट
-
वाल स्ट्रीट जर्नलका संवाददाता जासुसीको आरोपमा पक्राउ
-
आईपीएल क्रिकेट डिसहोममा हेर्न पाइने
-
डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य अभियुक्त पक्राउ