शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एलन मस्कले निलम्बित खाता पुनः सञ्चालनबारे दिए अर्को जानकारी

शुक्रबार, ०९ मङ्सिर २०७९, १० : ४७
शुक्रबार, ०९ मङ्सिर २०७९

ट्विटरका नयाँ मालिक एलोन मस्कले निलम्बित खाता कहिले पुनः सञ्चालन हुन्छ भन्नेबारे संकेत गरेका छन् ।​ एलन मस्कले बिहीबार एक सर्वेक्षण सञ्चालन गरेका थिए जसमा उनले निलम्बित अकाउन्टलाई सामान्य माफी दिनेबारे प्रश्न सोधेका थिए ।

एलन मस्कले ट्वीट गरे, ‘कानुन नतोडेका वा गम्भीर स्प्याममा संलग्न नभएका निलम्बित खातालाई सामान्य माफीको प्रस्ताव गर्नु पर्छ कि पर्दैन ?’ यसमा ७२ प्रतिशतले माफी दिनुपर्ने र २७ प्रतिशतले दिनुपर्दैन भन्ने जवाफ दिए । अब एलन मस्कले माफी अर्को हप्तादेखि सुरु हुने बताएका छन् ।

उनले ट्विट गरेका छन्, ‘मानिसहरुले आफ्नो धारणा व्यक्त गरे । माफी अर्को हप्तादेखि सुरु हुनेछ ।’ केही समयअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्टबाट प्रतिबन्ध फुकुवा गर्नुअघि पनि एलन मस्कले पोल गरेका थिए ।

पोलपछि ट्रम्पको ट्विटर एकाउन्ट पुनः सुरु गरिएको थियो । अमेरिकाको क्यापिटल हिल हिंसापछि डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट निलम्बन गरिएको थियो ।

एलन मस्कको नयाँ ट्वीट पछि धेरै निलम्बित खाताहरू पुनः सुरु हुने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप