बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मंसिर १६ विवाह गर्दै संयम र आश्मा

शुक्रबार, ०९ मङ्सिर २०७९, ११ : ०८
शुक्रबार, ०९ मङ्सिर २०७९

अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी विवाह बन्धनमा बाँधिने भएका छन् । करिब १० वर्षको प्रेम दुबैले विवाहमा परिणत गर्न लागेका हुन् । दुबैको विवाह समारोह यही मंसिर १६ गते हायात रिजेन्सी होटल बौद्धमा आयोजना गरिएको छ । विवाहको निम्तो कार्ड दुवै तर्फका आफन्त तथा साथीभाई माझ पुगिसकेको छ । 

सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् । फिल्म ‘आभाष’ संयम र आस्मा एकसाथ देखिएका थिए । 

संयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्, आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । संयम र आश्मा  दुबै पछिल्लो समय अमेरिका रहँदै आएका छन् । विवाहकै लागि उनीहरु शुक्रबार नेपाल फर्किएका छन् । संयमको रिसेप्सन पार्टी भने मंसिर २१ गते आयोजना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप