शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी सोमबार लगनगाँठो कस्दै सलोन र करिश्मा

शुक्रबार, ०९ मङ्सिर २०७९, ११ : ३४
शुक्रबार, ०९ मङ्सिर २०७९

अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी विवाह गर्ने भएका छन् । सलोन र करिश्माले यहि मंसिर १२ गते लगनगाँठो कस्न लागेका हुन् ।  विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ ।

सलोनको विवाह समारोह भोलि शनिबारबाट सुरु हुने उनका बुबा शोभित बस्नेतले  ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् ।  करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।

सलोन र करिश्माको विवाह भोज भने मंसिर १४ गते बुधबार होटल हायात प्यालेस सोल्टिमोडमा आयोजना गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप