शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीको प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी

शुक्रबार, ०९ मङ्सिर २०७९, १३ : ०७
शुक्रबार, ०९ मङ्सिर २०७९

प्रतिनिधि सभा तर्फ कास्कीबाट ३ वटै क्षेत्र एमाले उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा मन बहादुर गुरुङ विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पराजित गरे । गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा बराल २३ हजार १ सय ८९ मतमा ल्याएका हुन् ।  
  
१ (क) र (ख)मा  पनि एमाले उम्मेदवार विजयी भएका छन् । (क) मा एमालेका खगराज अधिकारी विजयी भए भने (ख) मा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भए ।  

यस्तै, कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । प्रदेश तर्फ भने एमाले कांग्रेसले एक÷एक सिट जितेका छन् । २ (क) मा पनि एमालेका भीम कार्की विजयी भए । यस्तै, २(ख) मा नेपाली कांग्रेसका विन्दु थापा विजयी भए । 

कास्की क्षेत्र नम्बर ३ पनि एमालेकै दामोदर बैरागी पौडेल विजयी भएका छन् । गण्डकी प्रदेश सभा तर्फ भने एमाले र कांग्रेसले एक÷एक सिट जितेका छन् । ३ (क) मा एमालेका गणेशमान गुरुङ र ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप