नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रयकला प्रशिक्षण कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३ सय जना अभिकर्ताहरुको सहभागीता थियो ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भइ बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाई अझबढी सक्षम र ब्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको र सोही क्रममा धनगढीमा यो कार्यक्रम आयोजना गरिएको बताए ।
कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रयकला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्मथलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताए । कम्पनीको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको मूल्य र मान्यता विपरित फेरि टिप्पणी गरे स्वीकार्य हुँदैन : सांसद बस्नेत
-
अध्यक्ष ओलीसँग बेलायती राजदूत काथ्रिनको भेटवार्ता
-
विदेशमा रहेका नागरिकलाई भोट हाल्न दिने सुविधा व्यवहारिक रुपमा लागू हुन सकेन : महान्यायाधिवक्ता पोखरेल
-
नेप्सेमा ४ अंकको वृद्धि, कारोबार १ अर्बमा झर्यो
-
अभिनेत्री जेविकाले गरिन् इन्गेजमेन्ट
-
‘यो मुर्दा संसद् हो, जनप्रतिनिधि भन्नपनि मलाई लज्जाबोध छ’: राजकिशोर यादव