शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध चाँदी कारोबारीविरुद्ध उच्च अदालतमा मुद्दा दायर

शुक्रबार, ०९ मङ्सिर २०७९, १४ : ५६
शुक्रबार, ०९ मङ्सिर २०७९

राजस्व अनुसन्धान विभागले अवैध चाँदीको कारोबारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । जिल्ला बारा, करैयामाई गाउँपालिका वडा नं. ८ स्थायी घर भएका सरोज मिया मंसुर नाम गरेका व्यक्तिलाई अवैध चाँदीको कारोबारबाट राजस्व चुहावट गरेको मुद्दामा विभागले अदालतमा मुद्दा दायर गरेको हो । 

प्रतिवादी मियाले राजस्व चुहावट ऐन, २०५२ (संशोधनसहित) को दफा २ (छ) १० (ङ) बमोजिम राजस्व चुहावट गरेको भन्दै विभागले ५ लाख ४४ हजार ८७५ रूपैयाँ विगोदावीसहित मुद्दा दायर गरेको छ ।  यहीँ मंसिर १ गते कास्की जिल्ला पोखरा महानगरपालिकाबाट खटिएको टोलीले मियाको साथबाट खरिद बिल नभएको ४१३ तोला ५२ लाल चाँदीका विभिन्न किसिमका गहनासहित ५७ हजार रूपैयाँ नगद फेला परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप