सोमबार, २३ माघ २०७९
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो साम्राज्ञी ‘तिम्रो मेरो साथ’

शुक्रबार, ०९ मंसिर २०७९, २० : ०८
शुक्रबार, ०९ मंसिर २०७९

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को टिजर सार्वजनिक गरिएको छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने फिल्मको टिजरमा माया, प्रेम र बदलाको कथाले प्राथमिकता पाएको छ ।

रमेश एमके पौडेल निर्देशित फिल्ममा पुष्प र साम्राज्ञीको अलावा सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, दीपिशा केसी, खड्कबहादुर पुन (खबपु) लगायतको मुख्य भूमिका छ । पौडेलको यो निर्देशनमा डेव्यु फिल्म हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वयंको कथा, गीत र लगानी रहेको छ ।

सबिर श्रेष्ठ तथा बाबुराम निरौलाको लेखन रहेको फिल्म  आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको हो । पासाङ लामा निर्माता रहेको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधीर पराजुली सह–निर्माताको रूपमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप