शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल आए आदित्य, भोलि सांगीतिक प्रस्तुति दिने

शुक्रबार, ०९ मङ्सिर २०७९, २० : ३१
शुक्रबार, ०९ मङ्सिर २०७९

बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । शनिबार हुने एक सांगीतिक कार्यक्रमका लागि उनी शुक्रबार साँझ काठमाडौँ उत्रिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो नेपाल बसाई दुई दिनको हुने उनले बताए । नेपाल बसाइको क्रममा पशुपतिनाथको दर्शक गर्ने योजना समेत रहेको बताएका उनले शनिबार ठमेलको क्लब फ्यारेनहाइटमा ‘लाइभ कन्सर्ट’ गर्ने जानकारी दिए । आफूले आगामी जनवरीमा एक नेपाली गीत समेत रिलिज गर्न लागेको समेत उनले बताए । ‘

सांगीतिक कार्यक्रमका लागि बोलावट आयो । म काठमाडौँ आए’ आदित्यले भने ‘कार्यक्रममा राम्रै दर्शकको साथ रहने अपेक्षा गरेको छु ।’ आयोजक तथा क्लबका सञ्चालक सोनम शेर्पाले बलिउड कलाकार नेपाल भित्र्याएर सांगीतिक कार्यक्रम गर्नुको उद्देश्य  पर्यटन प्रवर्द्धन र सांगीतिक मनोरञ्जन दिनु रहेको बताए ।

‘लाइभ कन्सर्ट’ मा आदित्यले आफ्ना ब्याण्ड मेम्बरका साथ आफ्नो नयाँ तथा पुराना गीतसंगीत समेत प्रस्तुत गर्नेछन् । सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता सो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रूपमा डेब्यु गरेका थिए । उनका पिता उदित नारायण झाको नेपाल र बलिउडमा थुप्रै हिट गीत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप