फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

आगामी फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो । आगामी २०८० साल मङ्सिरसम्ममा २५ लाख नम्बर प्लेट जडान गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि हालसम्म जम्मा ३५ हजार नम्बर प्लेट जडान भएपछि विभागले निर्णय नै गरेर फागुन मसान्त तोकेको छ ।
विभागले सूचना प्रकाशन गरेर सरकारी र संस्थानका गाडीलाई फागुन मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भनेको छ । विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले सरकारी र संस्थानलाई तोकिए पनि सबै प्रकारका सवारीसाधनलाई सूचना गरिएको जानकारी दिए । हाल विभागमा इम्बोस्ड नम्बर प्लेटको माग छैन । नम्बर प्लेट जडान गर्ने सेवाग्राही नआएपछि विभागले समयावधि तोकेको हो । दैनिक ५० हजारसम्म इम्बोस्ड नम्बर उत्पादन गर्न सक्ने अवस्था रहे पनि माग नभएर उत्पादन नै नभएको उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक २२ गते बस्ने
-
१ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक छाप्न निजीलाई जिम्मा दिने तयारी
-
यस्तो हुनेछ परराष्ट्रमन्त्री पौड्यालको श्रीलंका भ्रमणको कार्यतालिका
-
संसद् भवन परिसरमा शक्तिबहादुर बस्नेत
-
भारत सरकारको बजेट–यस्ता छन् मोदी सरकारका मुख्य प्राथमिकता
-
दक्षिण एसियाली देशहरूबीच कनेक्टीभीटी र क्षेत्रीय मूल्य श्रृंखलाको विकास गर्न महासंघको आग्रह