खै महिला अधिकार ?

नारीलाई दोश्रो दर्जाको भारी
पितृसत्ता छ जारी
महिला हिंसा अन्त्य दिवस
आओस् कि जाओस्
हिंस्रक दुष्ट दानवले
कोपिला लाग्दै गरेका
फूलहरुलाई च्यात्दै, लुछ्दै
भोक र प्यासको तिर्खा मेटिरहेछ ।
रक्त पिपासुको पञ्जाबाट
खेल्दै गरेका ५ वर्षिया बालिका
घरमा बसेकी बूढीआमै
दिउँसो खेतबारीमा
काम गर्दै रहेका आमाहरु,
डाँडापारीको सरकारी विद्यालयमा
पढ्न गएकी अपाङ्गता भएकी बहिनीहरुको
दिनदहाडै लुटिन्छ जवानी
दुराचारीहरु बन्छन् शिकारी
दिनभर अरुकै खेतबारीमा हड्डी घोट्ने
ख्याउटे, दुःखी, मैलो पुरानो सारीमा बेरिएकी
तराईकी साइली आमालाई
बोक्सीको उपमा दिइ मलमुत्र खुवाई
कालोमोसो दली सहर घुमाउँदा
खबरदारी गर्ने मेरो समाज रमिता हेरिरहन्छ
दाइजो निहुँमा आफ्नै श्रीमतीलाई यातना दिई
पटक, पटक जिउँदै मारिन्छ,
तेजाब खन्याएर जिउँदै जलाइन्छ
माया र पैसाको लोभ देखाएर
आफ्नै चेलीहरुलाई
बम्बई कोठीमा पु¥याइन्छ ।
विडम्वना,
पीडकहरु खुलेआम डुलिरहेका छन् ।
न्यायको लागि बनेका संयन्त्रहरु,
मक्किई सकेका छन्
पीडाको चित्कार सुन्ने को ?
....
अन्याय, अत्याचार र शोषणको
पर्खाल ढाल्न
पीडकहरुलाई सजाय दिलाउन
सरोकारवालालाई उत्तरदायी बनाउन
म दुर्गा भएर आउनेछु
शान्तिको दियो बाल्नेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्ष सेवा गरेका प्राध्यापकहरु सम्मानित
-
जीडीपीमा सहकारीको योगदान २० प्रतिशत माथि छ : सचिव डा.रेग्मी
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु
-
बढ्दो छ बैंकिङ कसूरका घटना
-
वर्षौँदेखि खुला आकाशमा रात बिताउँदै बीजमायाको परिवार