बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कमजोर बन्यो कमल थापाको पार्टी, समानुपातिकमा पायो ६ हजार ९२२ मत

शनिबार, १० मङ्सिर २०७९, ०८ : ०५
शनिबार, १० मङ्सिर २०७९

राप्रपा अध्यक्षमा पराजित भएपछि राप्रपा नेपाल पुनर्गठन गरेका कमल थापा मंसिर ४ को निर्वाचनबाट कमजोर अवस्थामा देखिएका छन् । आफू सूर्य चिह्नबाट चुनाव लडेका थापाको पार्टीको समग्र अवस्था कमजोर देखिएको हो । 

प्रतिनिधिसभाको प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि थापाको पार्टीको मत कमजोर देखिएको हो । शनिबार बिहानसम्मको मतगणनाअनुसार थापाको पार्टीले जम्मा ६ हजार ९२२ मत पाएको छ।  जवकी उनको पूर्वपार्टी राप्रपाले ३ लाख ८९ हजार २६० मत पाइसकेको छ । सूर्य चिह्नबाट चुनाव लडेका थापा मकवानपुर १ बाट तेस्रो भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप