बुद्ध हुनलाई म
शनिबार, १० मंसिर २०७९, ०८ : ४१

सिद्धार्थको लास बोकेर
दरबारबाट बुद्ध बाहिरिए पनि
यशोधराको सिन्दूर आलै छ
राहुलको आँखामा बाबुको खोजी
छर्लङ्ग भेट्टाएँ मैले ।
यशोधरा पस्दी हुन्
त्यो सयन कक्षमा
आँखा चिम्म गरी
राजकुमारसित बिताएको प्रथम रात
बन्द आँखाले देख्दा
बुद्ध मलाई पटक्कै मन पर्दैन
तड्पन दिन्छ जसले
वियोग दिन्छ जसले
आज पनि राहुल
उसरी नै रुँदैछ
आमाको काखमा लडी लडी
उफ ! सुजाता
कस्तो नशा बस्यो सिद्धार्थलाई
प्रत्येक दिन पिउनै पर्छ
तिम्रो हातको त्यो मद्
बुद्ध हुनलाई
म ।
–शिक्षक, श्रीकृष्णाश्राम मावि कन्याम, इलाम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका
-
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने
-
हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ
-
ईबा वर्ल्ड वुमन्स बक्सिङका लागि तीन जना छनौट
-
मन्त्री पोखरेलको ४४ बुँदे प्रतिवद्धता सार्वजनिक