बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेट

शनिबार, १० मङ्सिर २०७९, ०९ : ३२
शनिबार, १० मङ्सिर २०७९

‘हामी तपाइँको पीडा सेयर गर्दछौं’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लडिरहेका रुसी सैनिकका आमाहरूको समूहलाई भनेका छन् । ‘छोरो गुमाउनुको बदला केही पनि हुन सक्दैन’, उनले भने । धेरै आमाहरू क्रेमलिन समर्थक आन्दोलनका सदस्य हुन् । 

आलोचकहरूले उनीहरूलाई बैठकको लागि सावधानी पूर्वक चयन गरिएको बताएका छन् ।  युक्रेनमा रुसी हमलाको क्रेमलिनभित्र विरोध बढिरहेको छ । देशभरि सेवारत सैनिकहरूका आमाहरूको समूहले आफ्ना छोराहरूलाई कमजोर तालिम दिइएको र पर्याप्त हतियार उपलब्ध नगराइएको गुनासो गर्दै आएका छन् । विशेष गरी कडा चिसो जाडो सुरु भएसँगै पर्याप्त लुगाबिना युद्धमा पठाइएको उनीहरुले गुनासो गर्दै आएका छन् । 

२४ फेब्रुवरीमा सुरु भएको युद्धपछि करिब १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका अमेरिकी वरिष्ठ जनरल मार्क मिलिले दाबी गरेका छन् । रिजर्भ सेना परिचालन गर्ने कदममा गल्ती भएको दुई महिनाअघि क्रेमलिनले स्वीकार गरेको थियो ।  

मस्को नजिकैको उनको निवासमा शुक्रबारको बैठकमा पुटिनलाई १७ आमाहरूको समूहसँग ठूलो टेबुलमा बसेका थिए । तिनीहरूमध्ये केहीले शोकको प्रतीकमा कालो हेडस्कार्फ लगाएका थिए ।

‘म तपाईंलाई यो भन्न चाहन्छु कि म व्यक्तिगत रूपमा र देशको सबै नेतृत्व यो पीडा सेयर गर्छौ’, राष्ट्रपतिले भने। उनले एउटी आमालाई उनको छोराले “आफ्नो लक्ष्य हासिल गरेको र व्यर्थमा नमेरको “ बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप