बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम २ को मतगणना रोचक बन्दै, सुवास नेम्वाङको अग्रता साँघुरिँदै

शनिबार, १० मङ्सिर २०७९, ११ : २२
शनिबार, १० मङ्सिर २०७९

प्रतितिधिसभार्फ इलाम क्षेत्र नम्बर २ को मतगणना रोचक बन्दै गएको छ । ६४ हजार १३७ मत गणना सम्पन्न हुँदा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुरिएको छ ।  नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादु खड्काले २७ हजार ६८५ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ । 

इलाम–२ को मतगणनामा नेम्वाङको अग्रता निरन्तर साँघुरो बन्दै जाँदा नतिजा कस्तो आउला भन्ने चासो बढेको छ । अब इलाम नगरपालिकाको मतगणना हुन बाँकी रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप