आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

विज्ञानकथा : विषादी

शनिबार, १० मंसिर २०७९, १२ : ०६
शनिबार, १० मंसिर २०७९

‘बाबा ! विषादी भनेको के हो ? जताततै यसकै कुरा सुन्छु । कतै विषादीले मा¥यो भनेको सुनिन्छ । कतै तरकारी हे¥यो त्यस्तै, फलफूल हे¥यो त्यस्तै, खाद्यान्न हे¥यो त्यस्तै भनेको सुनिन्छ । अझ कतै त मासु र अन्डालाई समेत छाडेनन् बा ! भनेको पनि सुनियो तर विषादी आफैँमा के हो र यसले गर्छ भन्ने कुरा भने बुझिनँ ।’ एक दिन शहर घुमेर फर्कँदा बसका यात्रीहरूबीच भएको कुराकानी सुनाउँदै छोरा जिज्ञासुले बाबु विज्ञानसँग भन्यो । 

‘विषादी भनेका कृषकहरूले फलफूल तथा अन्न वाली र तरकारी बालीमा हाल्ने कीटनाशक रासायनिक हो बाबु ! कृषकहरू पहिले अन्न तथा तरकारी र फलफूलको बोटमा यसलाई हाल्छन् । फलेपछि बोटमै र भण्डारण गर्ने बेला पनि हालेर तिनलाई सुरक्षित गर्ने प्रयास गर्छन् । यसले कृषकहरूलाई फाइदा गरे पनि उपभोक्ताहरूको स्वास्थ्यमा भने असर पार्छ ।’ बाबु विज्ञानले सम्झायो । 

‘हामीले खाने फलफूल तथा अन्न र तरकारीहरू सबै यस्तै हुन् त बाबा !’

‘सबै त भन्न सकिन्न तर अधिकांश यस्तै हुन्छन् बाबु !’

‘त्यस्तो किन गर्छन् बाबा !’

‘फलफूल तथा अन्न र तरकारी धेरै फलुन् भनेर पहिले खेतवारीमा रासायनिक मल हाल्छन् । पछि कीरा कमिलाले नोक्सान नगरुन् भन्ने उद्देश्यले बालीनालीमा विषादी हाल्छन् । फलिसकेपछि धेरै समयसम्म जोगाउने उद्देश्यले पनि त्यस्तै गर्छन् ।’

‘यस्तो गर्नै पर्छ र ?’

‘पर्छ नै भन्ने त हुँदैन तर पछिसम्म सुरक्षित राखी शहर बजारमा पु¥याउनुपर्ने भएकाले सुरक्षाका लागि त्यस्तो गर्ने गर्छन् ।’

‘पहिले पनि त्यस्तै हुन्थ्यो कि अहिलेमात्र हो बाबा !

‘पहिले हुँदैनथ्यो । सबैले आफूलाई चाहिने चीज आफैँ उत्पादन गर्थे, आफैँ खान्थे । गाईँ भैँसी पालेर आफूूलाई चाहिने मल उत्पादन गर्थे । फलफूल तरकारी तथा खाद्यान्न सबै ताजा र स्वस्थ हुन्थे, जसले गर्दा मानिस स्वस्थ र निरोगी हुन्थे । उनीहरूलाई औषधी खानै पर्दैनथ्यो तर जब मानिसले बढी कमाउने उद्देश्यले खेतबारीमा रासायनिक मल हाल्न थाले, बालीनालीमा विषादिको प्रयोग हुन थाल्यो । त्यसपछि भने नानाभाँतीका रोग देखा पर्न थाले । उपचारका लागि अस्पताल बन्न थाले, औषधी कारखाना खुले । तैपनि मानिस भने झन्झन् रोगी हुँदै गएका छन्, नयाँ नयाँ रोग देखिँदै गएका छन् ।’

‘अहिले पनि पहिले जस्तै गर्न सकिन्न र बाबा !’

‘गर्न नसकिने त होइन तर मानिस सबै शहरिया हुन थालेका छन् । त्यसमाथि खाने मुख बढ्दै गए भने उत्पादन घट्दै गयो । फलतः मानिसहरू कम स्थानमा धेरै उत्पादन गर्न रासायनिक मलको प्रयोग गर्न थाले । लामो समयसम्म सुरक्षित राख्नुपर्ने भएकाले विषादीको सहारा लिन थाले ।’

‘अनि मासु र अन्डामा कसरी विषादि प्रयोग हुन्छन् त बाबा !’

‘प्रष्टै छ नि बाबु ! मानिसलाई धेरै अन्डा उत्पादन गर्नुपर्ने भयो तर कुखुराले चाहियो भन्दैमा धेरै उत्पादन गर्ने कुरा त भएन । त्यसैले त्यस्तै किसिमको रासायन मिसिएको दाना खुवाउन थालियो । त्यसैगरी तौल बढाउन मासुलाई सुई लगाएर फुलाउन थालियो, जसले गर्दा उपभोक्ताहरू पैसा तिरेर विष खान वाध्य हुँदै आएका छन् ।’

‘यस्तो पनि गर्न पाइन्छ र बाबा !’

‘नपाउनुपर्ने हो नि तर के गर्ने ? कसलाई भन्ने कसले सुन्ने ।’

‘सरकारी निकाय के हेरेर बसेको छ त बाबा !’

‘उसलाई यतातिर वास्तै छैन । यस्तो गर्न हुँदैन भन्छ, सूचना निकाल्छ बस्छ ।’

‘उपभोक्ताले नै त्यस्तो चीज नखाए हुन्न र ?’

‘नखाएर के गर्ने ? कि आफैँले उत्पादन गर्नुप¥यो कि चुपचाप स्वीकार्नुप¥यो ।’

‘ओ हो ! अवस्था निकै डर लाग्दो पो रहेछ ।’

‘हो त नि बाबु ।’

‘यसलाई रोक्न सकिन्न र बाबा !’

‘पूरै रोक्न नसके पनि केही हदसम्म कम गर्न भने सकिन्छ तर यसमा सबैले आ–आफ्नो जिम्मेवारी बोध गर्नुपर्छ ।’

‘त्यो भनेको के हो नि बाबा !’

‘यही कि सबै जागरुक हुने, सबैले आफ्नो र अरूको स्वास्थ्यमा ध्यान दिने, सबैले आ–आफ्नो जिम्मेवारी बोध गर्ने ।’

‘यसका लागि त्यस्तै उपाय पनि हुनुप¥यो नि होइन र ?’

‘छ नि किन नहुने, ध्यान नदिएर पो त ।’

‘जस्तै ?’

‘जस्तै यही कि हाल शहर बजारमा फोहर फाल्ने स्थान नपाएर हैरानी छ । आफ्नो घरको कुहिने फोरलाई मल बनाउने बानी बसाउने हो भने सबैले आफूलाई चाहिने मल आफैँ उत्पादन गर्न सक्छन्, जसले गर्दा फोहर फाल्ने समस्या भोग्न पनि पर्दैन र कौसी तथा करेसावारीमा खेती गरेर फलफूल तर तरकारी आफैँले उत्पादन गर्न सकिन्छ । गाउँघरमा पशुपालनको सुविधा छ । यसबाट आम्दानी पनि हुन्छ खेतबारीमा त्यही मल हालेर अर्गानिक खेती गर्न सकिन्छ । फलतः खान पनि स्वस्थ्य बर्धक हुने र समयमा मल पाइन भनेर रुवाबासी गर्नु पनि पर्दैन । उता विदेशी मुद्रा खर्चेर रासायनिक मल झिकाउने झन्जट पनि रहन्न ।’

‘यतातिर किन नसोचेका होलान् हगि ?’

‘किनकि हामीमा अगाडिको मात्र हेर्ने वानी छ । सरकारी निकाय नियम मात्र बनाउँछ कार्यान्वयनतिर ध्यान दिँदैन । हामी जनता आफैँले पनि अधिकार मात्र खोज्छौँ । आफूले निर्वाह गर्नुपर्ने भूमिकातर्फ ध्यान दिएनौँ । त्यसैको फल भोगिरहेका छौँ ।’

‘यसका लागि के गर्नुपर्छ बाबा !’

‘यही कि सबैले दायित्व बोध गर्ने । नबुझ्नेलाई बुझाउने, बुझाउ्रँदा पनि कसैले अटेर गर्छ भने कारवाही गरेर भए पनि सही बाटोमा ल्याउने । यति मात्र गर्न सकियो भने पनि धेरै हुन्छ बाबु ।’

उनीहरू बाबुछोरा बीच यस्तै कुराकानी हुँदै थियो त्यही नजिक खेतमा एक हुल मानिस आएर विषादी छर्न थाले । त्यसपछि बाबुछोरा अँध्यारो मुखामुख लगाउँदै घरतिर लागे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप