विद्युत सर्ट भई आगलागी हुँदा पसल जलेर नष्ट
शनिबार, १० मंसिर २०७९, १२ : ३७

खोटाङमा विद्युत सर्ट भएर लागेको आगोबाट पसल जलेको नष्ट भएको छ । आगलागीबाट रावाबेँसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुईतले घरमा रहेको पसलमा आगलागी भएको हो ।
शुक्रबार राति भएको आगलागीमा विश्वकर्मा परिवारको लत्ताकपडा, अन्नपात, सुनचाँदी, भाँडा वर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेललगायतका सामान नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताए । आगलागीमा विश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजेन्द्रप्रसाद चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरि पुगेर मलेसियाका गृहमन्त्रीले सम्झिए ग्यान्टिङ्ग हाइल्याण्ड
-
नेपालीले जिते ८२ करोड रुपैयाँ बराबरको चिट्ठा
-
आइएफआरसीका महासचिव चापागाईँ नेपालमा
-
शंखरापुरमा पहिलोपटक तामाङ लिपिकक्षा सुरु
-
शाहीप्रति लक्षित गर्दै कर्णालीका मुख्यमन्त्रीले भने– ‘म कसैसँग जुहारी खेल्ने पक्षमा छैन’
-
जनतालाई महसुस हुनेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ : मन्त्री गिरी