चार महिनामा साढे २३ करोडको विद्युतीय मिटर आयात
शनिबार, १० मंसिर २०७९, १५ : ५८

चालू आर्थिक वर्ष २०७९/८० को ४ महिनाको अवधिमा विदेशबाट साढे २३ करोड रूपैयाँ बराबरको विद्युतीय मिटर आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा २० लाख ६१ हजार वटा विद्युतीय मिटर आयात भएको हो ।
यसक्रममा आयातकर्ताले ५ करोड २५ लाख रूपैयाँ बराबरको भन्सार राजश्व बुझाएका छन् । नेपालमा विश्वका ६ वटा देशबाट विद्युतीय मिटर आयात हुने गरेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनबाट आउने गरेको विभागले जनाएको छ ।
चीनबाट २१ करोड ८७ लाख रुपैयाँ बराबरको १ लाख ७४ हजार वटा विद्युतीय मिटर भित्रिएको छ । यस्तै, भारतबाट १ करोड रूपैयाँको थाइल्याण्डबाट १५ लाख ७४ हजार रूपैयाँको मिटर भित्रिएको विभागले जनाएको छ । यसैगरी, अमेरिकाबाट ४९ लाख ६५ हजार रूपैयाँको मिटर भित्रिएको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु