एक लाखसम्मको ‘स्टेक फ्री’ शुरुवाती लगानीका लागि आवेदन खुल्यो

विद्यार्थीहरूको नेतृत्वमा सञ्चालित नेपालकै पहिलो स्टार्टअप इकोसिस्टम प्रवर्धक पार्थ स्टुडेन्ट भेन्चर (पीएसभी)ले पीएसभी ड्रीम फन्डको लागि आवेदन खुला गरेको छ । सुरुवाती अवस्थामा रहेका उद्यमीहरुका लागि प्रारम्भिक चरणमा १ लाख रूपैयाँसम्मको स्टेक फ्री लगानीका साथै परामर्श, सल्लाह तथा अन्य स्रोत साधन र थप लगानीका लागि लगानीकर्ताहरूमा पहुँच बढाउनका लागि यो सुनौलो अवसर हो ।
३० वर्षभन्दा कम उमेरका संस्थापक भएका कुनै पनि नयाँ स्टार्टअप वा व्यावसायिक योजनाले यस ड्रीम फन्डको लागि आवेदन दिन सक्नेछन् । आवेदकसँग यस कार्यक्रम अन्तर्गत प्राप्त हुने लगानीको उपयोगका सम्बन्धमा विस्तृत योजना हुनुपर्नेछ तथा अन्य योग्यता सम्बन्धि थप जानकारी पीएसभीको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ । आवेदन गर्ने अन्तिम मिति २०७९ साल मंसिर २९ गते रहेको छ ।
काठमाडौं मोडेल कलेजको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको प्रयोगात्मक र नविनतम पहललाई प्रोत्साहन गर्न र यस्ता परिवर्तकहरुको नयाँ समुदाय बनाउनका लागि गरेको अनुदान सहयोगबाट यो पीएसभी ड्रीम फन्ड स्थापना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत लिँदै मुख्यमन्त्री रावल, नागरिक उन्मुक्ति पार्टीले साथ छोड्दा पद धरापमा
-
प्रचण्ड किन ढल्किँदै छन् कांग्रेसतिर ?
-
कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुनेबारे परेको मुद्दामा आज सुनवाइ
-
जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री
-
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
-
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि