छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ गौरिटारस्थित सडकमा ना.४ ख ९००२ नम्बरको बसले बा.९९ प २९८१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१८ हर्नामाडी ब्रदर्श चोक बस्ने २८ वर्षीय आशिस ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रमम मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि सरकारी अस्पताल भरतपुर रिफर गरिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता कैलालीको जोशिपुर गाउँपालिका-१ बडहरियास्थित सडकमा से.५ प ३९७७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका-१ बडहरिया बस्ने ७० वर्षीय छल्लुराम चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलालीको जोशिपुर गाउँपालिका-१ बडहरियास्थित सडकमा से.१ त.४१८० नम्बरको ट्याक्टरले बा.४९ प ३१७९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक टिकापुर नगरपालिका-४ बस्ने ३२ वर्षीय राम कुमार चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता सिरहाको बरियारपट्टी गाउँपालिका-१ नरगीस्थित सडकमा स.२ प ५१३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३२ वर्षीय शंकर यादवको घटनास्थलमै मृत्यु भएको छ ।
तनहुँको घिरिङ गाउँपालिका-१ जगौलिटारस्थित सडकमा लु.३९ प ५०९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ पुटार बस्ने २२ वर्षीय सुनिल दरैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेतीगंगा अस्पताल बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका-११ रानीपौवास्थित सडकमा ग.१९ प ४०८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्वत बिहादी गाउँपालिका घर भई पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने १९ वर्षीय सञ्जय सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज रिफर गरिएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ स्थित सडकमा से.२ त २४७९ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा