विहीबार, ०९ चैत्र २०७९
ताजा लोकप्रिय

भारतको बिजापुरमा ४ जना माओवादी मारिए

शनिबार, १० मंसिर २०७९, १६ : २४
शनिबार, १० मंसिर २०७९

बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् ।  पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले कारबाही गर्दा दुई महिलासहित चार जना मारिएका मिरटुर प्रहरी कार्यालयले जनाएको छ । 

सुरक्षा फौजले कारबाही गरेको स्थानबाट हातहतियार बरामद गरिएका तथा खोजबिन जारी रहेको एक जना वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन् । केही महिनाअघि माओवादीले बिजापुर प्रहरी कार्यालयमा हमला गरेर चार जना प्रहरीलाई घाइते बनाएका थिए । बिजापुर क्षेत्रमा नक्सलवादी सक्रिय रहेका भन्दै राज्य सरकारले त्यहाँ सुरक्षा सतर्कता बढाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप