शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जीवन बीमक संघका अध्यक्षमा पौडेल

शनिबार, १० मङ्सिर २०७९, १६ : ५८
शनिबार, १० मङ्सिर २०७९

जीवन बीमक संघको अध्यक्षमा पोषकराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको वार्षिक साधारणसभाबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

यस्तै, संघको उपाध्यक्षमा प्रवीण रमन पराजुली निर्वाचित भएका छन् । पराजुली नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको महासचिवमा ज्योती लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविणबिक्रम खत्री, कोषाध्यक्षमा एसियन लाइफका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ निर्वाचिन बनेका छन् ।

यस्तै, कार्यकारी सदस्यमा एलआईसीका प्रमुख कार्यकारी अधिकृत एलपी दास, आईएमई लाइफका कवि फुयाल निर्वाचित बनेका छन् । यसैगरी, रिलायबल लाइफका नारायणबाबु लोहनी समेत कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप