सन् २०१० पछि विश्वकपमा अस्ट्रेलियाको पहिलो जीत
शनिबार, १० मंसिर २०७९, १७ : ५१

अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलिया विजयी बनेको हो । उनले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए ।
योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी खेलाडी बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए ।
विश्वकपमा सन् २०१० पछि अस्ट्रेलियाको यो पहिलो जीत पनि हो । समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो । अस्ट्रेलियाले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले २ अर्ब रुपैयाँ बढायो नेपाललाई दिने आर्थिक सहायता
-
बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन हुने
-
बागमती प्रदेशसभा बैठक २२ गते बस्ने
-
१ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक छाप्न किन दिइँदैछ निजीलाई जिम्मा ?
-
यस्तो हुनेछ परराष्ट्रमन्त्री पौड्यालको श्रीलंका भ्रमणको कार्यतालिका
-
संसद् भवन परिसरमा शक्तिबहादुर बस्नेत