भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु
शनिबार, १० मंसिर २०७९, १८ : ०४

बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायत गाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए ।
मृतक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान रोजगारीका सिलसिलामा भारतमा छन् । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रमा पुरानै कार्यविभाजन ब्युँतियो
-
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका
-
बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने
-
हेल्मेटमा लुकाएको १८ लाखसहित दुईजना पक्राउ