बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

अर्जेन्टिनालाई हराएको साउदी अरेबिया पोल्याण्डसँग पराजित

शनिबार, १० मंसिर २०७९, २० : ५१
शनिबार, १० मंसिर २०७९

पोल्यान्डले विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा साउदी अरेबियामाथि सहज जित निकालेको छ ।  शनिबार भएको खेलमा पोल्याण्डले साउदी अरेबियालाई २-० गोल अन्तरले हराएको हो ।

एजुकेसन स्टेडियममा खेलको ३९ औं मिनेटमा रोबोर्टो लेवान्डोस्कीको गोलमा जेलिन्स्कीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका हुन् ।  खेलको ४४ औं मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको थियो । तर पोल्यान्डका गोल रक्षकले जोगाए । 

खेलको ८२ औं लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई २–० गोलको जित दिलाए ।  जितसँगै पोल्यान्डले २ खेलबाट ४ अक जोडेको छ । यता साउदी अरेबियाको ३ अंक छ । यसअघि साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप