एउटै मञ्चमा नेपाल र भारतका कलाकारको नृत्य प्रस्तुत
भारतीय राजदूतावास र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा आयोजित मासिक धारावाहिक कार्यक्रम ‘नेपालभारत संगीत साधना’ को दोस्रो संस्करण शुक्रबार साँझ सांस्कृतिक संस्थानमा भव्य रूपमा आयोजना गरिएको छ । कार्यक्रममा नेपाल र भारतका कलाकारले भरत नाट्यम एवं कत्थक नृत्य प्रस्तुत गरे ।
भारत स्वतन्त्रताको अमृत वर्ष एवं सांस्कृतिक संस्थान स्थापनाको स्वर्ण महोत्सवको अवसरमा सुरु गरिएको मासिक धारावाहिक कार्यक्रमको यो दोस्रो शृंखलामा स्वामी विवेकानन्द कल्चरल सेन्टर (भारतीय राजदूतावास)का कलाकारले प्रस्तुत गरेको गणेश बन्दना (भरतनाट्यम) नृत्यबाट सुरु भएको थियो ।
कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारले पञ्चतारा, कृष्णलीला, तरनाजस्ता शास्त्रीय नृत्य प्रस्तुत गरी उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए । सो अवसरमा भारतकी चर्चित नृत्यांगाना डा. गोथामीले भरतनाट्यम प्रस्तुत गरी उपस्थित दर्शकलाई आकर्षित गरिन् । नेपाल र भारतका कलाकारबीच भरतनाट्यम र कत्थकमा प्रस्तुत गरिएको जुगलबन्दी झनै रोमाञ्चक थियो ।
कार्यक्रममा उपस्थित पाहुनालाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले नेपाल र भारतको मौलिक कला तथा संस्कृति एकआपसमा साटासाट गर्न, दुवै देशको लोकसंस्कृति जनस्तरमा स्थापित गर्न भारतीय राजदूतावास काठमाडौं र सांस्कृतिक संस्थानले मासिक धारावाहिक कार्यक्रम सुरु गरेको बताए । ‘कार्यक्रममा गीत, संगीत, वाद्यवादन, नृत्य, योग, चलचित्रलगायत प्रस्तुतिजन्य कलाका सबै विधाहरु प्रस्तुत गरिनेछ’, महाप्रबन्धक राईले भने ।
स्वामी विवेकानन्द कल्चरल सेन्टर (भारतीय राजदूतावास) काठमाडौंकी निर्देशक डा.आसावरी उदयवापतले सांस्कृतिक संस्थानसँगको सहकार्यमा सुरु भएको मासिक धारावाहिक कार्यक्रम महत्वपूर्ण भएको बताइन् । ‘यस कार्यक्रमले दुई देशबीचको सांस्कृतिक एवं मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास लिएको छु’, डा.वापतले भनिन् ।
गत महिनाबाट सुरु भएको यो शृंखलाको पहिलो भागमा नेपाल तथा भारतका गायक गायिकाले यमन रागमा आधारित विभिन्न नेपाली तथा हिन्दी गीतहरू प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण