शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ताइवान निर्वाचन : केएमटीको विजयपछि ताइवानकी सत्ताधारी दलकी नेतृद्वारा राजीनामा

शनिबार, १० मङ्सिर २०७९, २२ : १०
शनिबार, १० मङ्सिर २०७९

ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) ले शनिबार भएको स्थानीय निर्वाचनमा विजय हासिल गरेको छ ।  मतदान परिणामलाई चीनको बढ्दो आक्रमकताको अवज्ञा गर्ने राष्ट्रपति साई इङ–वेनको प्रयासको विफलताका रूपमा हेरिएको छ ।

यसैबीच, ताइवानकी नेतृ त्साईले आफ्नो दलले स्थानीय निर्वाचनमा पराजय भोगेपछि सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । ताइवानको हक्का समुदायबाट निर्वाचित वेन ताइवानको पहिलो महिला राष्ट्रपति हुन् । उनले शनिबार सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो दलले अनपेक्षित पराजय भोगेपछि सत्तारुढ दलको प्रमुख पदबाट राजीनामा दिएकी हुन् ।

उनले भनिन्, “निर्वाचनको परिणाम सोचेजस्तो आएन । मैले सबै जिम्मेवारी वहन गर्नुपर्छ र म तुरुन्तै डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) को अध्यक्ष पदबाट राजीनामा दिएकी छु ।”  त्साईले स्वशासित ताइवान टापुको राष्ट्रपतिको रूपमा रहिरहने गरी पार्टीको नेतृत्वबाट राजीनामा दिएकी हुन् । त्साईको डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ । 

बेइजिङले लोकतन्त्रमाथि दबाब बढाइरहेका बेला साइले मतदानलाई ‘अन्तर्राष्ट्रिय समुदाय ताइवानको स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि दृढता र सङ्कल्प देखाउने अवसर’ का रूपमा व्याख्या गरेकी थिइन् ।  मेयर, काउन्टी प्रमुख र स्थानीय काउन्सिलरको निर्वाचन परिणाम कोभिड–१९ महामारी र अपराधजस्ता घरेलु मुद्दाका बारेमा केन्द्रित रहेको थियो । निर्वाचित हुनेहरूले चीन नीतिबारे प्रत्यक्ष प्रतिक्रिया दिइसकेका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप