मुम्बई हमलाका दोषीलाई न्यायको कठघरामा ल्याउन भारत प्रतिवद्ध छ : एस जयशङ्कर

भारतीय विदेशमन्त्री एस जयशङ्करले सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएका थुप्रै देशसँग मिलेर काम गरिरहेको बताएका छन् । उनले भने– “यो एउटा यस्तो अवसर हो, जहाँ सिङ्गो देशले यसलाई सम्झेको छ ।”
“हामी यस हमलाका दोषीलाई न्यायको कठघरामा उभ्याउने विषयमा दृढ छौँ र न्यायको प्रक्रिया पूरा गर्न कटिबद्ध छौं । उनले भने– “आज मुम्बईमा भएको २६÷११ को आतंकवादी हमला भएको दिन हो । यतिका वर्ष बितिसक्दा पनि योजना बनाउने र त्यसको पालना गर्नेहरूले सजाय पाएका छैनन् । उनीहरूलाई न्यायको कठघरामा ल्याउन सकिएको छैन । यसलाई हामी उच्च महत्व दिन्छौं ।”
सन् २००८ मा लश्कर–ए–तैयबाका १० आतङ्ककारीले मुम्बईमा १२ स्थलमा संयुक्त रूपमा गोली प्रहार र बम आक्रमण गरेका थिए । घटनामा कम्तीमा १६६ जनाको मृत्यु भएको थियो भने ३०० जना घाइते भएका थिए । गत महिना भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद (यूएनएससी) को दुई दिने आतङ्कवाद विरोधी बैठक आयोजना गरेको थियो, जुन भारतको आतङ्कवाद विरोधी समिति (सीटीसी) को अध्यक्षतामा थियो ।
बैठकपछि, दिल्लीमा एउटा घोषणापत्र जारी गरिएको थियो जसमा आतङ्कवादीहरूलाई सुरक्षित आश्रय स्थलहरूमा प्रवेश गर्ने अवसरलाई एक महत्वपूर्ण चिन्ताको विषयका रूपमा हेरिएको र सबै सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको लडाइँमा पूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरिएको थियो ।
घोषणापत्रमा सबै प्रकारका र अभिव्यक्तिमा आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको पनि स्वीकार गरिएको छ । यूएनएससीको विशेष बैठकमा जयशंकरले विशेष गरी एसिया र अफ्रिकालगायतका स्थानमा आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेको बताएको थियो ।
‘मानवताको लागि सबैभन्दा गम्भीर खतरा’ सँग जुध्न सुरक्षा परिषदको सर्वोत्तम प्रयासको बाबजुद आतङ्कवादका खतरा बढ्दो र विस्तार भइरहेकोबारे उनले चिन्ता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्ष दलको नेता विवाद सर्वोच्चद्वारा मुद्दा दरपीठ
-
चालकलाई ६ महिना निलम्बन गर्ने कानुन परिवर्तन गर्न व्यवसायीको माग
-
कालीकोटमा घरमा सुत्केरी हुनेको संख्या घट्यो
-
बैतडीमा एक जना मृत फेला
-
जनपक्षीय पत्रकारिता र प्रेस सेन्टर
-
चोरीको तेल किन्ने दुईवटा पेट्रोल पम्पमाथि १ लाख जरिवाना, ६ महिनाका लागि आपूर्ति बन्द