इलाम–२ बाट एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी
शनिबार, १० मंसिर २०७९, २३ : ००

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय भएका हुन् ।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्। यसअघि २०५६ सालदेखि नेम्वाङले इलाम २ बाट लगातार चारपटक निर्वाचन जितेका थिए । यो उनको पाँचौ जित हो ।
शनिबार दिउँसो सो क्षेत्रमा मतपत्रका विषयमा विवाद भएर मतगणना स्थगित भएको थियो । राति ९ बजेबाट फेरि मतगणना सुरू भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रालयमा भागबण्डा मिलाइयो
-
सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना
-
तालिबानद्वारा लाइभ टिभी प्रसारणमा डिग्री च्यात्ने प्राध्यापक पक्राउ
-
श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्दै परराष्ट्रमन्त्री पौड्याल
-
इथियोपियामा ३५ लाख बालबालिका विद्यालय बाहिर
-
युक्रेनी राष्ट्रपति र युरोपेली संघका अध्यक्षबीच भेटवार्ता